काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। प्रतिष्ठानको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले विभिन्न कालखण्डमा नेपाल प्रहरीले सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका क्रममा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम र अनुशासित जनशक्ति उत्पादनमा भूमिका खेलेको जानकारी दिए। कार्कीले…