काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादी समर्थकहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। काठमाडौं प्रशासनले विमानस्थल आसपास पाँच जनाभन्दा बढी भेला, जुलुस र प्रदर्शनमा निषेधाज्ञा जारी गरेको छ। राप्रपाका नेताहरू कमल थापा, राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा सहभागी हुनेछन्। प्रवक्ता मोहन श्रेष्ठले भने, “हामी राष्ट्रिय झन्डा लिएर मात्र जानेछौं। निषेधाज्ञा हामीले मान्दैनौं।” प्रशासनले सुरक्षा…