(रामजी बलामी)काठमाडौंलाई तराईसँग जोड्ने सवैभन्दा छोटो र ऐतिहासिक मार्ग (गणेशमान मार्ग) चन्द्रागिरीको बाटो निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै चित्लाङका स्थानीय आक्रोशित भएका छन् । आक्रोशित युवाहरुको समूहले शुक्रवार चन्द्रागिरीको बाटो निर्माणस्थलमै पुगेर विरोध गरेका हुन् । स्थानीयले बाटोमा रहेको ढुंगामुढाहरु हटाउँदै एक साताभित्र ट्रयाक खोल्न अल्टिमेटम समेत दिएका छन् ।उनीहरुले निर्माण कार्यको नाममा बाटो अवरोध…