बिहिबार बिहानैदेखि हुस्सु लागेका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको छ ।भिजिबिलिटी कम भएका कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । आज बिहानको भिजिबिलिटी ३०० मिटर मात्रै रहेको उनले बताए। सामान्यतया उडान तथा अवतरणका लागि भिजिबिलिटी १५०० मिटर वा त्यो भन्दा माथि हुनु पर्छ …