सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठगी गरेका छन् । राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहताले सप्तरीकी एक महिलासँग श्रीमानलाई जेलबाट छुटाईदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठग्नुका साथै बलात्कार पनि गरेका हुन् ।ठगी तथा बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका ५ लोखरमका मेहतालाई पक्राउ गरेको छ ।…