काठमाडौं ।महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ ।महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै कार्यालयका प्रमुख प्रहरी नायवमहानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले नागरिकको चित्त दुखाउने छैन भन्ने प्रणका साथ सेवा गर्नुपर्ने बताए…