काठमाडौं ।सरकारले १८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका केसीलाई सरकारले पहिलो पटक यस्तो आग्रह गरेको हो।बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले अनशन फिर्ता लिएर कोरोना महामारीबाट जनतालाई जोगाउन र जोगिनतर्फ लाग्नु पर्ने बताएका हुन्…