काठमाडौँ, १६ साउन । भारतीय राजदूत सन्जिभ सिंह पुरीको सम्मानमा धर्मकीर्ति विहार, नःघलले आज एक कार्यक्रमको आयोजना गर्यो। सो अवसरमा राजदूत सिंहले दुई मुलुकबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताउनुभयो । धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने वचनबद्धता उहाँले प्रकट गर्नुभयो । विहार प्रमुख अनगारिका धम्मावतीले…