भक्तपुर, ५ साउन ।काभ्रे देउपुर मण्डन–५ घरभई लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाउँदै आउनुभएका पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा निधन भएको छ । आमा, एक श्रीमती र एक छोरा रहेका ढकालको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । निजामती अस्पताल (सिभिल अस्पताल) मीनभवनमा कमलपित्त, अल्सर, हेपाटाइटिस एवं कलेजोको उपचारकै क्रममा बुधबार साँझ उहाँको निधन भएको थियो ।…