पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरन्तररूपमा कडा शब्दमा विरोध जनाउँदै आएका छन् ।नेता भट्टराईले आज शनिबार बिहान ट्वीट गर्दै ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै भट्टराईले प्रश्न समेत गरेका छन्…