काठमाडौं ।बिहान १० बजेर ५० मिनेटदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटदेखि ग्रहण शुरु भएको हो।आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्नेछ ।…