सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय निकायलाई ‘जुम मिटिङ सफ्टवेयर’ उपलब्ध गराउने भएको छ।सफ्टवेयरको लाइसेन्स वितरणका लागि मन्त्रालयले परिपत्र जारी गर्दै विवरण माग गरेको छ। मन्त्रालयले सफ्टवेयर प्रयोग गर्ने व्यक्तिको विवरण माग गरेको हो। सरकारलाई संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी)ले जुम मिटिङ सफ्टवेयरको लाइसेन्स सहयोग गरेको हो।अनलाइन बैठक तथा अनलाइन कक्षा संचालनका लागि…