काठमाडौं ।निर्धारित मूल्य भन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । बुधबार महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई पक्राउ गरेको हो ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाले कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउने विरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको…