सभामुख चयन गर्ने प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । आज प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजकाे बैठक जेष्ठ सदस्यकाे हैसियतमा राजपा नेता लक्ष्मणलाल कर्णले गरेका छन् । आजको बैठकले सभामुख चयनको प्रक्रिया अगाडि बढाउने छ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र मनोनयन परेको छ।सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध निर्वाचित हुनेछन्।…

Logo