सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको शुक्रबार प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा उहाँले योजना कार्यान्वयन र बजेट खर्चलाई परिणाममुखी बनाउन निर्देशन दिनुभएको हो ।भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शाहीले मन्त्रालय र त्यस मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीलाई कागजमा समय…