नेपाल, जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको अन्तिम खेलमा आयोजक सिंगापुरलाई ८ विकेटले हराउँदै जिम्बाब्वेले उपाधि जितेको हो ।टस हारेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्य जिम्बाब्वेले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरी नित निकाल्यो ।…