चितवन,भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।गुरूङ क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । उहाँ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी हुनुभएको थियो । उहाँका एक श्रीमती र तीन…