लाखौँ वर्षपहिले न्यूजिल्यान्डमा विशाल शरीर भएका सुगा रहन्थे जसको लम्बाइ एक मिटर एवं तौल सात किलोसम्म हुने गर्थ्यो ।अनुसन्धानकर्ताहरूले करिब एक दशक पहिले नै यस्तो विशालकाय पक्षीको अवशेष फेला पारेका थिए । प्रशान्त महासागरस्थित न्यूजिल्यान्डको खानी मजदुरहरूको सहर सेन्ट बाथान्समा उक्त अवशेष फेला परेको थियो । यो जानकारी अहिले आएर सिडनीको फ्लाइन्डर्स युनिभर्सिटी र क्राइस्टचर्चको…