भोजपुरमा भएको गोलीकाण्डबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेका थिए ।महानिरीक्षक खनालले भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेको बताए ।…