काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले भने, “हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने यहाँ अर्को व्यवस्था आउँछ, किनकी संविधान जारी हुँदा नै हामीले…