काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको काम सम्पन्न गर्न अन्तिम पटकका लागि म्याद थप गर्नेबारे छलफल भइरहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा सिंहले यसअघि पटकपटक म्याद थप गर्दा समेत तोकिएको समयमा निर्माण सम्पन्न…