बरहथवा (सर्लाही) । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन् । आज सर्लाहीको हरिपुरमा नेपाली कांग्रेस सम्बद्ध नेपाल मुस्लिम सङ्घ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब कांग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक…