तम्घास । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पार्टीको तेस्रो अधिवेशनमा आज उपमहासचिव पुनले वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्न उठिरहेको बेला १० वर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकाले यसको जस माओवादीले लिनुपर्ने बताएका हुन्…