वीरगञ्ज । पर्सा प्रशासनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा उच्च कडाइ गरेको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आज (सोमबार) मध्यरातदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएका…