जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन खारेज गर्ने निर्णय उल्टिएको छ । अब उनको उम्मेदवारी कायम रहेकाले निर्वाचन प्रक्रियामा सहभागी हुने बाटो खुलेको छ । यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध दायर उजुरीमाथि पुनरावलोकनपछि उक्त निर्णय सच्याइएको जनाइएको छ ।…