बुधबार बिहानदेखि नै राजनीतिक वृत्त तरंगित बन्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारका लागि बोलाइएको संसद् बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो। बिहान १० बजेपछि बसेको संसदीय दलको बैठकले यथास्थितीमा एमसीसी पारित गर्न नसक्ने निर्णय गर्यो। सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले यदि एमसीसी टेबल गर्न सरकारले…