एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई-रावल आरोप प्रत्यारोप चलेको छ। रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरि टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि…