राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै नेता थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्षण गराएका हुन्। 'पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो । तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको देखिन्छ,' उनले लेखेका छन्, 'पार्टीको बृहत्तर हित र…