प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १६४ युवा रोजगार

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रूपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैयाँ श्रमिकको ज्यालाका लागि उपलब्ध गराएको बताइएको छ ।…

Logo