प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका हुन्। उनले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई…