प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। भोलि बुधबार सर्वोच्च अदालतमा बस्ने गरी आयोगका अध्यक्षसमेत रहेका जबराले बैठक बोलाएका हुन्। प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश (दीपककुमार कार्की), कानुन न्याय तथा संसदीय मामिलामन्त्री (दिलेन्द्र बडू), महान्यायाधिवक्ता (खम्मबहादुर खाती) र लोकसेवा आयोगका अध्यक्ष (माधवप्रसाद रेग्मी) सदस्य छन्। बैठकका लागि सदस्यहरूलाई पत्र पठाइसकिएको…