कर्णाली प्रदेशको मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुने भएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका कारण कर्णालीकाे मन्त्रिपरिषद् विस्तार ढिला हुने भएको हो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री भएको झण्डै डेढ महिना (१६ कार्तिक)सम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। यद्यपि, शाहीले मुख्यमन्त्री भएपछि दुई पटक मन्त्रिपरिषद् विस्तार…