नेपाली कांग्रेसको प्रदेश नं. १ को सभापति पदका लागि उद्वव थापा उम्मेद्वार बनेका छन्। नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिबाट उदाएका थापा कृष्णप्रसाद सिटौला र संस्थापन (शेरबहादुर देउवा) पक्षको तर्फबाट प्रदेश सभापतिको साझा उम्मेद्वार बनेका हुन्। यस अघि दुई कार्यकाल झापाको सभापति बनेका थापा सिटौला निकट मानिन्छन्। पार्टीको केन्द्रीय सदस्यको आकांक्षी थापालाई सिटौला र संस्थापन पक्षले…