एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्ने

चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन्। एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।   भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।

Logo