नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको पहिलो सूचीअनुसार भूगोलबाहेकका १६ वटा क्लस्टरमध्ये पाँचवटा क्लस्टरबाट १९ जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला क्लस्टरबाट विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्वाचित भएका छन्। मधेसी महिला क्लस्टरबाट कमलादेवी…