सरकारले वास्तविक सुकुम्वासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्वासी पत्ता लगाउने बताइन् । 'वास्तविक सुकुम्वासी पत्ता लगाउनुपर्छ । यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,' उनले भनिन्, कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्वासी बन्ने र भएको…