नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन्। पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिवार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरेका थिए। यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन्। सचिवद्वयमा जयराम…