नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको उनले बताएका छन्। नेता नेपालको मौसमी ज्वरो (सिजनल भाइरस फिवर)…