नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ। सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर/गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो। सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी…