चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन्। उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए। …