प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन्। बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्। यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। सभामुख सापकोटाले एमालेले…