प्रधानमन्त्री देउवा र संयुक्त अधिराज्यका राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्यस भेटका क्रममा उनीहरुबीच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड–१९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

Logo