उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् । असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा…