कर्णाली प्रदेशका ३ नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । माओवादीबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएकाे विश्वासकाे मतमा फ्लोर क्रस गरेका नेकपा एमालेनिकटका ३ मन्त्रीहरूलाई आज पद तथा गोपनियताकाे शपथ खुवाइएकाे हाे । मुख्यमन्त्रीले लिएकाे विश्वासकाे मतमा फ्लोर क्रस गरेका तीन जना मन्त्रीहरू नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीले आइतबार प्रदेश…