बेनी । म्याग्दीको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुन केन्द्रमा देखिन थालेका छन्। विभिन्न स्वतन्त्र र साना दलका उम्मेदवारले समर्थन जनाएपछि म्याग्दीमा चुनावी समीकरण नयाँ दिशातर्फ मोडिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले पार्टी निर्देशन र शुभेच्छुकको सुझावअनुसार उम्मेदवारी निष्क्रिय पार्दै महावीर पुनलाई सघाउने घोषणा गरेपछि चुनावी माहोल थप रोचक बनेको छ ।…