निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न आज सरकारका प्रतिनिधी र राजनीतिक दलका नेताहरुलाई बोलाएको छ। निर्वाचन आचारसंहिताको मस्यौदामा परामर्शका लागि आयोगले दलहरुलाई छलफलका लागि बोलाएको हो।आयोगले आज संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ वटा दललाई बोलाएको छ। दलका नेताहरुको सुझाव लिएर छिटै नै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने तयारीमा आयोग छ ।आयोगले नेकपा अध्यक्ष…