नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको छैठौँ स्मृति दिवसका अवसरमा कोइरालाले यस्तो बताएका हुन् ।सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण…