काठमाडौं ।वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताए ।युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनु पर्ने बताउँदै मन्त्री ढुङ्गेलले भने, “एउटा हातमा राजनीतिक…