केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, २८ पुस । मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले ३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । २०३६ साल कार्तिक २७ गते धनकुटाको खोकु छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रममा राज्यपक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप लागेको…