केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कानुन अनुसार सत्ता संचालन गर्न सुझाब दिएका छन् । भक्तपुरको वालकोटस्थित निवासमा पुगेको रिपोटर्स क्लव नेपालको प्रतिनिधि मण्डलसँग प्रतिक्रिया दिंदै ओलीले निर्वाचन परिणाम आउञ्जेल कानुन बनाउन पर्खिने र निर्वाचन परिणाम आएपछि अनुकुल हुनेगरी अध्यादेश जारी गर्न लगाउँने काँग्रेसको नियत खराब भएको बताएका छन् । हारेपछि पनि सत्तामा बसिरहने अभ्यास त्याग्नुपर्ने…